Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।

आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खातासमेत खोल्न सकेनन्। काठमाडौंका सन्तोष यादवले ३ र सहन आरच्चिगेले २ विकेट लिए ।

८४ रनको सामान्य लक्ष्य काठमाडौँले ९.४ ओभरमै १ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियन ब्याटरद्वय डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए।

यो जितसँगै काठमाडौँले ३ खेलमा दोस्रो जित निकालेको छ भने विराटनगरको यो तेस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!