Paywear Banner Desktop
Paywear Banner Desktop

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।

राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावलीसमेत अनुमोदन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गरे ।

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य-सचिवहरू तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो । बैठकमा राखेपका सदस्य-सचिव रामचरित्र मेहताले विभिन्न विषयवस्तु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!