Paywear Banner Desktop
Paywear Banner Desktop
League 2 Cricket

लिग २ क्रिकेटमा नेपालको लगातार चौंथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोर्दै जितविहीन बनेको छ ।

बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भयो । नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ अनि करण केसीले २३ रन बनाए । इशान पान्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए ।

ओपनर कुशल भुर्तेल शून्यमै आउट भएपछि नेपालले रनको खाता नखोल्दै विकेट गुमायो । तीन नम्बरमा ब्याटिङ आएका भीम आउट भएपछि आएका इशान पनि धेरैबेर टिकेनन् ।

५० रनमा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र आसिफ शेख मिलेर ३५ रनको साझेदारी गरेपनि आसिफ स्लग स्वीप खेल्ने क्रममा रोलफ भान डर मर्वेको बलमा क्याचआउट भए ।

त्यसपछि उपकप्तान दीपेन्द्र पनि ६ रनमा आउट भए भने त्यसको केही समयमा नै कप्तान रोहित आउट भए त्यतिबेला नेपाल १०४(६ को अवस्थामा थियो । आरिफ शेख र गुल्शन झाले केहीबेर सम्हाले पनि दुवै एक बलको अन्तरालमा आउट भएपछि नेपाल १२७(८ को अवस्थामा पुगेको थियो ।

त्यसपछि करणले केही चौका र छक्का प्रहार गर्दै झिनो आशा ब्युँताए पनि उनी आउट भएपछि नेपालको सम्भावना सकिएको थियो ।

शृङ्खलाका चारै खेलमा पराजित भएको नेपालको घरबाहिर यो लगातार आठौं हार हो । योसँगै अब लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको छ । नेदरल्यान्ड्सले भने शृङ्खलामा लगातार तेस्रो जित निकालेको छ ।

जितपछि नेदरल्यान्ड्सको ३१ खेलमा ३८ अंक भएको छ । नेपालको ३२ खेलमा २४ अंक छ । अब नेपालले सबै खेल जितेपनि ३२ अंक मात्र हुनेछ । सबै जितेपनि अन्य नतिजामा समेत धेरै भर पर्नु पर्नेछ ।

नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारेपनि शीर्ष ४ को सम्भावना पूर्णरूपमा सकिनेछ । नेपालले ओमान र क्यानडासँगको शृङ्खला खेल्न बाँकी छ । अब ओमानले खेल्न बाँकी ८ खेलमध्ये एक खेल मात्र जितेमा पनि नेपाल शीर्ष ४ मा पर्ने छैन । क्यानडाको पनि नेपाललाई उछिनेर अगाडि जाने सम्भावना कायम छ ।

नेपाललाई क्यानडाले पनि उछिनेर अगाडि गएमा नेपालको ओडीआई स्टाटस नै जोखिममा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

नेपाली युनिकोड रूपान्तरक

Real-time Romanized Nepali to Devanagari Unicode Converter

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!