Paywear Banner Desktop
Paywear Banner Desktop
क्रिकेट

नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य

नेपाल तालिकाको पाँचौँ स्थानमा छ । नामिबिया भने २२ अङ्कसहित अङ्क तालिकाको सातौँ स्थानमा छ । अमेरिका भने ४३ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

yo caption ho

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज जारी खेलमा नेपालले नामिबियालाई जितको लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ ।

नेदरल्यान्डसको उट्रेच स्टेडियमा जारी खेलमा नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ६० बलमा ३१ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ५० बलमा दुई चौकाको सहायतामा ३० रन जोड्दा गुल्शन झाले २० रन बनाए । त्यस्तै करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन जोडे ।

बलिङतर्फ नामिबियाका योहानस जोनाथन (जेजे) स्मिथले सर्वाधिक ६ विकेट लिए । विश्वकप लिग–२ मा नेपालले २४ अङ्क जोडेको छ । नेपाल तालिकाको पाँचौँ स्थानमा छ । त्यसैगरी नामिबिया भने २२ अङ्कसहित अङ्क तालिकाको सातौँ स्थानमा छ । अमेरिका भने ४३ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

नेपाली युनिकोड रूपान्तरक

Real-time Romanized Nepali to Devanagari Unicode Converter

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!