Paywear Banner Desktop
Paywear Banner Desktop

‘कबड्डी ५’ सहित दयाहाङका दुई फिल्मको कमाइ १० करोड नाघ्यो (बक्सअफिस सूचीसहित)

काठमाडौं । घरेलु बक्सअफिसमा ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को कमाइ १० करोड रुपैयाँ ग्रस नाघेको छ । चलचित्र विकास बोर्डले आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार, ‘कबड्डी ५’ ले १० करोड ७७ लाख रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई ३ लाख ४६ हजारभन्दा धेरै दर्शकले हेरेका छन् ।

रोचक के छ भने, ‘कबड्डी ५’ ले दयाहाङ राईको अघिल्लो फिल्म ‘पेन्सन पट्टा’को १० करोड २८ लाख रुपैयाँ ग्रसको ब्यापारलाई पनि उछिनेको छ । यसवर्ष दयाहाङका दुई फिल्मले १० करोडभन्दा धेरै कमाएका छन् ।

कुन फिल्मले कति कमाए (रुपैयाँ ग्रसमा)

– कबड्डी ५ : १० करोड ७७ लाख
– पेन्सन पट्टा : १० करोड २८ लाख
– आबाट आमा २ : ६ करोड २४ लाख
– छ माया छपक्कै २ : ३ करोड ३४ लाख
– १२ गाउँ २ : २ करोड २९ लाख
– बा- एक योद्धा : ३ करोड ५४ लाख
– गौंथली : २६ करोड ७ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ३
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!