Paywear Banner Desktop
Paywear Banner Desktop

पशुपति शर्माको अध्यक्षमा यस्तो बन्यो लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमिति

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पशुपति शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति आएको छ। प्रतिष्ठानको महोत्तरीको बर्दिबासमा सम्पन्न ९औँ महाधिवेसनले नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, साङ्गठनिक उपाध्यक्षमा राजु ढकाल , प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई, महिला उपाध्यक्षमा देवी घर्ती, खुल्ला उपाध्यक्षहरूमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा, रबिन लामिछाने चयन गरेको छ ।

भूगोल प्रदेश बागमती सचिवमा उषा सुबेदी, भूगोल प्रदेश मधेस सचिवमा कृष्ण प्रसाद गौतम निर्वाचित, भूगोल सुदूरपश्चिम सचिवमा नवीन सिंह धामी, भूगोल गण्डकी सचिवमा प्रकाश भट्ट, भूगोल लुम्बिनी सचिवमा प्रेम शर्मा, भूगोल कोशी सचिवमा विष्णु घिमिरे, भूगोल कर्णाली सचिवमा राजकुमार खत्री, उपत्यका सचिवमा सुजन लम्साल, विदेश सचिवमा सूर्य खड्का, साङ्गठनिक सहसचिवमा कुमार राना मगर , प्रशासनिक सहसचिवमा तिलक परियार, महिला सहसचिव मनमाया वाइबा, विदेश सहसचिवमा रेशम निर्दोष, खुल्ला सहकोषाध्यक्षहरुमा कुमार पुन मगर र सम्झना भण्डारी, महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ चयन भएका छन् ।

३३ जना सदस्यहरुमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाई, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कबिता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार, शान्तारानी परियार, ईश्वरी प्रसाद पन्त मधेश, तुलसी क्षेत्री गण्डकी निर्बिरोध, दिपु मगर लुम्बिनी, बाल कुमार श्रेष्ठ कोशी, बासुदेब सिंखडा बागमती, लाल बहादुर धामी सुदूरपश्चिम, हरिमाया कार्की कर्णाली, अर्जुन थापा मगर उपत्यका, विजय केसी विदेश, महेन्द्र न्यौपाने छानिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!