Paywear Banner Desktop
Paywear Banner Desktop

अमेरिकी कन्ट्री-रक गायिका जेसिका लिन प्रस्तुति दिन नेपाल आउने

काठमाडौं । अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली कलाकारसँग विशेष सांगीतिक सहकार्य र प्रत्यक्ष प्रस्तुतिका लागि नेपाल आउने भएकी छन् ।

अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार उनी ‘आट्र्स एन्ड म्युजिक एन्भोय प्रोग्राम’ अन्तर्गत नेपाल आउन लागेकी हुन् ।

दूतावासका अनुसार उक्त सांगीतिक कार्यक्रममा जेसिका लिन र नेपाली कलाकारले एउटै मञ्चमा प्रस्तुति दिनेछन् । कार्यक्रममा लिनको विशेष पहिचान बनेको कन्ट्री-रक संगीतलाई नेपालको समृद्ध सांगीतिक परम्परासँग संयोजन गरिनेछ ।

व्यावसायिक अनुभव आदानप्रदान र प्रत्यक्ष सांगीतिक प्रस्तुतिलाई जोड्ने यो कार्यक्रमले नेपालको विस्तार हुँदै गएको सिर्जनात्मक अर्थतन्त्रलाई सहयोग गर्ने, कलाकारबीचको सहकार्यलाई बलियो बनाउने र नेपाल तथा अमेरिकाबीच अर्थपूर्ण व्यावसायिक सम्बन्ध निर्माण गर्ने उद्देश्य राखेको दूतावासले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन निःशुल्क दर्ता गर्न सकिने जनाइएको छ । दर्ता प्रक्रिया र कन्सर्टसम्बन्धी विस्तृत जानकारी पछि सार्वजनिक गरिने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!