काठमाडौं । छिटफुट वर्षा हुन थालेपछि नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई त्रिपालले ढाकिएको छ ।
काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच भएको आजको पहिलो खेल सकिएगत्तै मैदानमा हल्का वर्षा हुन थालेको छ ।
लगत्तै, त्रिपालले मैदान ढाकिएको हो । आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने तालिका छ ।
आजको पहिलो खेलअघि काठमाडौंको आकाश बादलले धुम्मिएपछि मैदानमा अँध्यारो हुन थालेपछि फ्लडलाइट पनि बालिएको छ ।
