Paywear Banner Desktop
Paywear Banner Desktop
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको जिकिर गरे ।

‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’

उनले स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको पनि बताएका छन् ।

‘परिस्थिति सामान्य गर्न केन्द्रीय तहमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ,’ उनले भने, ‘स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको छ ।’

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह वा घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनश्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न नगराउन अनुरोध पनि उनले गरेका छन् ।

‘सरकारी निकायबाट जारी भएका आधिकारिक सूचनामा मात्रै विश्वास गर्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

प्रत्येक नागरिकको जीउधान जोगाउनु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कामय राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व रहेको उनको भनाइ छ । उनले प्रतिबद्धता जाहेर गर्दै भनेका छन्, ‘आगामी दिनमा पनि राज्य थप सतर्क र जिम्मेवार बन्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

नेपाली युनिकोड रूपान्तरक

Real-time Romanized Nepali to Devanagari Unicode Converter

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!