Paywear Banner Desktop
Paywear Banner Desktop

नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत १५ कात्तिकदेखि शुल्क लिइने

काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सूचना जारी गर्दै १५ कात्तिकदेखि सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो।

जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ ।

यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपर-ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ। यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

वर्ग ४ अर्थात मल्टी एक्सल ट्रकरसवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तो छ सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!