Paywear Banner Desktop
Paywear Banner Desktop

दशैंमा काठमाडौं छाड्नेको संख्या घट्यो, यसवर्ष ५ लाख ७६ हजार जना बाहिरिए

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको संख्या घटेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् । गत वर्ष ६ लाख ६० हजार ८ सय ४६ जनाले काठमाडौं उपत्यका छोडेका थिए ।

यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दशैंका कारण यतिबेला काठमाडौं उपत्यकामा सवारीसाधनको आवागमन न्यून छ । गत वर्षको तथ्यांकसँग तुलना गर्दा यस वर्ष उपत्यका छाड्नेको संख्या केही कम रहेको उनले बताए ।

उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या केही कम रहेको देखिन्छ । घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जना सर्वसाधारणले उपत्यका छाडेका छन् । यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन बाहिरिएका छन् ।’

यसैबीच, ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६२५ जनालाई कारबाही गरेको छ ।

त्यस्तै, लागुऔषध सेवन (लापसे) गरी सवारीसाधन चलाउने २६ जनामाथि पनि कारबाही गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!