काठमाडौं । सेलिब्रेटीले दशैं पारिवारिकरुपमा खुशी बाँड्दै मनाएका छन् । फिल्म, संगीत, सौन्दर्य र कला क्षेत्रका अन्य कलाकारले परिवार र आफन्तसँग दशैंको टीका लगाए ।
कलाकारले सामाजिक सञ्जालबाट दशैंटीका लगाएका फोटोहरू सार्वजनिक गरेका छन् । हरिवंश आचार्यले बूढानीलकण्ठमा परिवारसहित दशैं मनाए ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘आशीर्वाद प्राप्त गर्ने काम पिताजीबाट सुरू गरियो। विजयादशमीको शुभकामना।’
अभिनेत्री वर्षा राउत र केकी अधिकारीले पनि दशैं टीका लगाएपछि खाम देखाउँदै फोटो हालेका छन् । गायिका समीक्षा अधिकारी अहिले सांगीतिक भ्रमणको सिलसिलामा अमेरिकामा छिन् ।
उनले नेपालमा रहेका परिवारसहित भिडियो कलमार्फत परिवारसँग दशैं मनाएको बताएकी छन् । लेखेकी छन्, ‘विदेशमा भए पनि परिवारसँग भिडिओ कलमै टीका लगाएर मनाइयो यसपालिको दसैं।’
अन्य कलाकारले पनि दशैं मनाएका फोटोहरू सार्वजनिक गर्दै शुभकामना दिएका छन् ।








