काठमाडौँ । चर्चित बलिउड अभिनेत्री तथा पूर्व मिस इन्डिया इशा गुप्ता काठमाडौं आइपुगेकी छन् ।
एक क्यासिनोले आयोजना गरेको समारोहमा सहभागी हुन उनी शनिबार नेपाल आएकी हुन् । शनिबार साँझ आयोजित कार्यक्रममा उनले बलिउडका चर्चित गीतमा नृत्यसमेत प्रस्तुत गरेकी थिइन् ।
उनले आइतबार बिहान पर्वतीय उडान गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमार्फत यसको जानकारी दिएकी छन् ।
सन् १९८५ नोभेम्बर २८ मा जन्मिएकी इशा भारतीय अभिनेत्री, मोडल तथा सौन्दर्य प्रतियोगिताकी उपाधि विजेता हुन् । उनले मुख्यतः हिन्दी चलचित्रमा अभिनय गर्दै आएकी छन् ।
सन् २००७ मा आयोजित फेमिना मिस इन्डिया प्रतियोगितामा सहभागी भएकी उनले तेस्रो स्थान हासिल गर्दै मिस इन्डिया इन्टरनेसनलको उपाधि जितेकी थिइन् । त्यसपछि उनले मिस इन्टरनेसनल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरेकी थिइन् ।
इशाले सन् २०१२ मा चलचित्र ‘जन्नत २’ बाट अभिनय यात्रा सुरु गरेकी हुन् । उक्त चलचित्रमा गरेको अभिनयका लागि उनी फिल्मफेयर अवार्डको उत्कृष्ट नवअभिनेत्री विधामा मनोनयनमा परेकी थिइन् ।
