Paywear Banner Desktop
Paywear Banner Desktop

काइली जेनरले लगाइन् ५० मिलियन डलरको ‘फ्यान्टेसी ब्रा’

काठमाडौं । अमेरिकी रियालिटी टिभी स्टार तथा सौन्दर्य व्यवसायी काइली जेनरले अमेरिकाको लस एन्जलसमा आयोजित भिक्टोरियाज् सिकरेट फेसन शोमा अप्रत्याशित उपस्थिति जनाइन्। उनले कम्पनीको नयाँ ५० मिलियन डलर मूल्य पर्ने ‘फ्यान्टेसी ब्रा’ लगाएकी थिइन्।

२९ वर्षीया काइलीले हजारौं हिरा जडित उक्त ब्रा प्रदर्शन गरिन्। यसको बीचमा चम्किलो पहेँलो हिरा राखिएको छ। उनीसँगै उनका प्रेमी टिमोथी चालमेट, आमा क्रिस जेनर र छोरा एअर पनि फेसन शोमा सहभागी थिए।

काइलीलाई किन छनोट गरियो ?

जेएसीओबी एन्ड कम्पनीले डिजाइन गरेको उक्त ब्रामा विभिन्न कटका ४ हजार ४१० वटा हिरा जडित छन्। यसमा ७५।५४ क्यारेटको फ्यान्सी भिभिड पहेँलो हिरासमेत छ, जसलाई रेडियन्ट कट शैलीमा तयार पारिएको छ।

यस डिजाइनको मूल्य करिब ५० मिलियन डलर अनुमान गरिएको छ। यो भिक्टोरियाज् सिकरेटले अहिलेसम्म बनाएको सबैभन्दा महँगो फ्यान्टेसी ब्रा हो।

काइलीलाई यो विशेष डिजाइनका लागि छनोट गर्नुको कारण भिक्टोरियाज् सिकरेट एन्ड कम्पनीका कार्यकारी उपाध्यक्ष तथा प्रमुख क्रिएटिभ अफिसर एडम सेल्म्यानले खुलाएका छन्।

सेल्म्यानका अनुसार काइलीको प्रभाव फेसन, संस्कृति र टेलिभिजनभन्दा पनि फराकिलो छ। “काइली फेसनभन्दा पर, संस्कृतिभन्दा पर, टेलिभिजनभन्दा पर र कुनै एउटै पहिचानभन्दा परसम्म फैलिएकी छन्,” सेल्म्यानले भने।

उनले काइलीको लोकप्रियता र सांस्कृतिक प्रभावलाई फेसन शोको स्वरूपसँग पनि जोडे।

“हामी पनि ठ्याक्कै त्यस्तै हौं। यो शो निकै ठूलो छ। यो वास्तविक मनोरञ्जन हो र मलाई लाग्छ, काइली त्यसका लागि एक उत्कृष्ट उत्प्रेरक हुन्। उनले आफ्नै संस्कृति सिर्जना गरेकी छन्। कति जनाले यस्तो दाबी गर्न सक्छन् ?” उनले थपे।

प्रशंसकको मागअनुसार फ्यान्टेसी ब्राको पुनरागमन

सेल्म्यानले गत वर्षको कार्यक्रमपछि प्रशंसकहरूले माग गरेका विषयमध्ये फ्यान्टेसी ब्राको पुनरागमन पनि एक भएको बताए।

कम्पनीले आकर्षक गरगहनामार्फत प्रशंसकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्न चाहेको उनको भनाइ छ।

“त्यसैले हामीले सोच्यौं, ‘यसलाई कसरी साँच्चै रमाइलो र भव्य तरिकाले प्रस्तुत गर्न सकिन्छरु’ किनकि यो वास्तवमै अत्यधिक भव्य गरगहना र कलाको नमुना हो। यसको गुणस्तर झन्डै संग्रहालयमा राख्न योग्य छ,” उनले भने।

काइलीलाई प्रतिष्ठित डिजाइनसँग जोड्ने निर्णयबारे बोल्दै सेल्म्यानले यो संयोजन प्रशंसकका लागि रोचक हुने बताए।

उनका अनुसार कम्पनीले प्रशंसकले चाहेको विशेष फ्यान्टेसी ब्रा प्रस्तुत गर्दै त्यसलाई ठूलो प्रशंसक समूह र व्यापक सांस्कृतिक प्रभाव भएकी अप्रत्याशित व्यक्तित्वमार्फत प्रदर्शन गर्न चाहेको हो।

“मलाई लाग्छ, यो रोचक संयोजन हो। हामी प्रशंसकलाई उनीहरूले चाहेको अद्भुत फ्यान्टेसी ब्रा दिँदैछौं र त्यसलाई ठूलो प्रशंसक समूह तथा व्यापक सांस्कृतिक प्रभाव भएकी अप्रत्याशित प्रतिभामार्फत प्रस्तुत गर्दैछौं,” उनले भने।

उनले यो निर्णयलाई फरक र रमाइलो ढंगले उत्सव मनाउने अवसरका रूपमा पनि व्याख्या गरे। “मलाई लाग्छ, यो रमाइलो छ। यसले साँच्चै खुसी दिन्छ। मानिसहरूले अपेक्षा नगरेको फरक तरिकाले उत्सव मनाउनु रमाइलो हुन्छ,” उनले भने।

“यो प्रशंसकका लागि हो। वास्तवमै प्रशंसककै लागि हो,” सेल्म्यानले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!