Paywear Banner Desktop
Paywear Banner Desktop

‘बाटुलो जून’ मा ग्रामीण जीवन बाच्न पाएँ : अनमोल केसी

काठमाडौँ । अभिनेता अनमोल केसीले आफूले फिल्ममा निर्वाह गर्ने पात्रले विभिन्न फरक समय र जीवन बाच्न पाइने बताएका छन् ।

आफू अभिनित फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता केसीले आफूले झन्डै ४० वर्ष अगाडिको ग्रामिण परिवेशलाई महसुस गर्दै उक्त जीवन बाँच्न पाएको बताएका छन् ।

‘म सहरमै हुर्किए र मैले अभिनय गरेका प्रायः फिल्ममा मेरो पात्र सहरिया नै छन् । यसपटक मैंले मेरो बुवा (भुवन केसी) को समयलाई बुझ्न र बाँच्न पाए । ग्रामीण परिवेशले मलाई केही सिकाएको पनि छ’, उनले भने ।

अभिनेता केसी फिल्मसँग जोडिएको सबै सदस्यले इमान्दारिताका साथ मेहनत गरेकै कारण फिल्म राम्रो बनेको बताए । उनले आफ्नो को-स्टार तथा नव-नायिका प्रिन्सी खतिवडालाई बुके दिँदै फिल्मनगरीमा स्वागत गरे ।

टिकटकमार्फत चिनिएकी प्रिन्सी फिल्म ‘बाटुलो जुन’ मार्फत अभिनयको यात्रा प्रारम्भ गर्दैछिन् । अनमोलसँगै भुवन केसी, गरिमा पन्तलगायतसँग काम गर्न पाउँदा आफूले अवसरसँगै चुनौती पाएको महसुस भएको अभिनेत्री खतिवडाले बताइन ।

‘मैले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्न निकै मेहनत गरेकी छु । म भन्दा सबै अग्रज भएता पनि मलाई निकै सहज तरिकाले काम गर्न सघाउनु भयो । म यो टिमको सधैँ आभारी रहनेछु’, उनले भनिन् ।

अभिनेतासँगै फिल्मका निर्देशक समेत रहेका भुवन केसीले बनिरहेका फिल्म भन्दा फरक विषय र परिवेशलाई दर्शकसम्म ल्याउन कोसिस गरिएको बताए ।

‘यो फिल्म हेर्दा केही फरक र केही आफ्नै कथा भने जस्तो दर्शकले महसुस गर्नु हुनेछ भन्नेमा विश्वस्त छु । हामीले इमान्दारितापूर्वक मनले बनाएको फिल्म हो’, उनले भने ।

फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर शिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायत कलाकारको पनि अभिनय रहेको छ ।

सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। फिल्म आगामी कत्तिक २६ देखि नेपालीसहित अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशमा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!