Paywear Banner Desktop
Paywear Banner Desktop

‘बाटुलो जून’ को गीत ‘अल्लारे ठिटो आयो’ मा अनमोल-प्रिन्सीको छमछमी

काठमाडौं। २६ कात्तिकदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बाटुलो जून’ मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्ममा समावेश ‘अल्लारे ठिटो आयो’ बोलको गीत कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक गरियो ।

सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर दृश्यांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको लोभलाग्दो प्रेमिल केमेस्ट्रि देख्न सकिन्छ ।

नजिकिँदो तिहार पर्व र त्यसको आकर्षक पक्ष देउसी भैलोलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको बताएको छ ।

गीतमा अडियोतर्फ रुबै र प्रविण बेडुवालको स्वर छ भने संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन् । गीतमा पञ्चेबाजा, सारङ्गी, गीतार र बाँसुरीको कर्णप्रिय धुन समेटिएको छ ।

भुवन केसीको निर्देशन र सनराइज पिक्चर्स प्रालीको ब्यानरमा तयार भएको फिल्म ३० देखि ४० दशक बीचको नेपाली परिवेशमा आधारित प्रेम कथानक चलचित्र हो ।

यो फिल्ममार्फत एक आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालिन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण टिमले बताएको छ ।

‘बाटुलो जून’ पुरानो समयको कथा भन्ने फिल्म मात्र नभएर आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक केसीले बताउँदै आएका छन् । केसी तत्कालिन समयका लोकप्रिय अभिनेता हुन् । निर्देशक केसी स्वयंम महत्वपूर्ण भूमिकामा छन् । पटकथा लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत समावेश छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् ।

सह-निर्मातामा विवेक थापा छन् । यो फिल्मबाट लामो समयपछि अभिनेत्री गरिमा पन्तले अभिनयमा पुनरागमन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!