काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६६६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत २९, रातोबत्तीमा १४ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ८५, हर्न निषेधमा ५, अवस्था ठिक नभएको ११ जना लेन क्रस ९ जना र अन्यमा ४४१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
