Paywear Banner Desktop
Paywear Banner Desktop

सोमबारदेखि म्यानपावर व्यवसायीले कार्यालयमा ताला लगाउने, श्रमिक पठाउन बन्द

काठमाडौं । म्यानपावर व्यवसायीले भोलि (१ भदौदेखि) श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन् । सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावरहरूले श्रमिक नै पठाउन बन्द गर्ने भएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै भोलि सोमबारदेखि देशभरिका म्यानपावर व्यवसायीका कार्यालय बन्द गर्ने जनाएको हो ।

संघ अध्यक्ष डिकबहादुर खत्रीले सम्पूर्ण म्यानपावर व्यवसायीले पूर्वनिर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताए ।

संघले ७ साउनमा व्यवसायीको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायत माग छन् ।

संघले सरकारसँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएको थियो ।

छलफलमा व्यवसायीले अघि सारेका मागका विषयमा ब्रिफिङ गरेका थिए भने आफ्नो धारणा समेत राखेका थिए । त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्य विवरणका विषयमा मन्त्रालयका अधिकारीहरूले धारणा राखेका थिए ।

१५ बुँदे माग अघि सारेका व्यवसायीले मुख्य मागका रूपमा ‘सेवा शुल्क’ लाई बटम लाइन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!