काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जालबाट उनले बुधबार उम्मेदवारी घोषणा गरेकी हुन् ।
यद्यपि, कुन दल वा स्वतन्त्ररुपमा चुनाव लड्ने भन्ने कुरा उनले खुलाएकी छैनन् । आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।
सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षामन्त्री पदमा रहँदा सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पछि उनी पार्टीको राजनीतिबाट पनि निष्कृय भइन् ।
उनले मेयर पदमा उम्मेदवारी दिने चर्चा केही दिनदेखि नै चलिरहेको थियो । ती चर्चालाई उनले चुट्किला भन्दै खण्डन प्रयास गरेकी थिइन् । यो भनेको केही दिनमै उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
