Paywear Banner Desktop
Paywear Banner Desktop

‘स्पाइडरम्यान’ को नेपाल कमाइ साढे १५ करोड, विश्वभर २ बिलियन डलर

काठमाडौं । ‘स्पाइडरम्यानः ब्रान्ड न्यू डे’ ले नेपालसहित विश्वभर कीर्तिमानै कीर्तिमान रचिरहेको छ । विश्वभर यसले तेस्रो सप्ताहन्तसम्म २ बिलियन डलरभन्दा धेरै कमाइ गर्‍यो ।

टम हल्यान्ड स्टारर फिल्मले उत्तर अमेरिकाबाट ७८५ मिलियन डलर र १.२३ बिलियन डलर अन्तर्राष्ट्रिय बजारबाट फिल्मले कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

कुल कमाइ २।०२२ बिलियन डलरको कमाइ भएको जनाइएको छ । यो कमाइसँगै ‘स्पाइडरम्यानः ब्रान्ड न्यूडे’ सर्वकालिन धेरै कमाउने आठौं फिल्म बनेको छ । २ बिलियन डलरको आँकडा नाघ्ने पहिलो स्पाइडरम्यान फिल्म हो ।

नेपालमा पनि यसको कमाइको गति रोकिएको छैन । सोमबार दिउँसोसम्म यो फिल्मको कमाइ नेपालमा १५ करोड ६३ लाख रुपैयाँ ग्रसभन्दा धेरै छ । यो कमाइसँगै यो फिल्म नेपालमा अहिलेसम्म सर्वाधिक कमाइ गर्ने पाँचौ विदेशी फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!