Paywear Banner Desktop
Paywear Banner Mobile

लमजुङबाट सुरु भयो फिल्म ‘लुसु’ को छायांकन

काठमाडौं । प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी-प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य कथावस्तु बनाइएको नेपाली कथानक फिल्म ‘लुसु’को छायांकन लमजुङबाट सुरु भएको छ ।

आगामी मंसिर १ गतेदेखि लमजुङमा छायांकन गर्ने तयारी गरिएको फिल्मको निर्माण कार्य निर्धारित योजनाअनुसार सुरु भएको हो । फिल्म निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आएका छन् ।

साहित्यकार पदम विश्वकर्माको कथामा निर्माण भइरहेको फिल्मले प्रेममा उत्पन्न हुने संघर्ष, सामाजिक अवरोध र त्यसले व्यक्तिगत जीवन तथा सम्बन्धमा पार्ने प्रभावलाई चित्रण गर्नेछ ।

नेपाली साहित्यको एउटा सुन्दर कृतिलाई चलचित्रको पर्दामा उतार्ने प्रयास गरिएको निर्देशक श्रेष्ठले बताए ।

प्रेममा आउने बाधा र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई फिल्ममार्फत सशक्त रूपमा उठान गरिने निर्माता लामाको भनाइ छ । सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य फिल्मले राखेको छ ।

फिल्मको लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका छन् । फिल्ममा मन्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाललगायत कलाकारको अभिनय रहनेछ ।

शेखर लामा निर्माता रहेको फिल्मको निर्देशन नवराज श्रेष्ठले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!