Paywear Banner Desktop
Paywear Banner Mobile

सिन्दुरे जात्रा : अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वमा प्रदर्शन तय, यस्तो छ मर्मस्पर्शी ट्रेलर

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक र कलाकारको आगामी फिल्म ‘सिन्दुरे जात्रा’ दर्शकमाझ प्रतीक्षित छ ।

नेपाल र प्रमुख अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन तयारीमा रहेको यो फिल्मको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ ।

‘पूर्णबहादुरको सारंगी’मा शीर्ष भूमिका निर्वाह गरेका विजय बराल र अञ्जना बराइलीले यसमा पनि सहकार्य गरेका छन् । त्यसयता यी दुईजना कलाकारसँग निर्देशक सरोज पौडेलको पनि सहकार्य हो ।

जमिन्दार प्रथाको सेटिङमा लेखिएको सामाजिक कथावस्तुमा आधारित यो फिल्मले विवाह र प्रेमको एक मर्मस्पर्शी र दारुण कथा पेश गर्छ । ट्रेलरमा विनोद न्यौपानेले डिल्लीराम नामक रोचक पात्रको भूमिका निर्वाह गरेका छन् ।

विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्‍याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।

फिल्ममा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारको पनि अभिनय छ ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह-निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन् । दिनेश खड्का कार्यकारी निर्माता हुन् ।

फिल्मलाई नेपालभित्र नेसनल सिने ग्रुप नेपाल र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरनेसनलले रिलिज गर्दैछन् । नेपाल प्रदर्शनको एक सातापछि मात्र विदेशमा प्रदर्शनमा आउने जनाइएको छ ।

सेभेन सिज इन्टरनेसनलले केही दिनमा अन्तर्राष्ट्रिय बजारको प्रदर्शन तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सुरुमा अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वमा प्रदर्शन तय भैसकेको छ । नेपालमा १८ मंसिरदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!