Paywear Banner Desktop
Paywear Banner Desktop

दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकी आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

उनलाई टिममा अनुबन्धित गरिएको जानकारी कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी-२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी-२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ र टी-२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो। उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक बनाएका छन्।

मिलरले पछिल्लो पटक सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!