Paywear Banner Desktop
Paywear Banner Desktop

प्रधानमन्त्री बालेन शाह ७ मंसिरमा भारतको औपचारिक भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी नोभेम्बर २३ (मंसिर ७ गते) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढेको छ।

भ्रमणको मितिबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न भने बाँकी छ।

यसअघि भारतीय सञ्चारमाध्यमहरूले नोभेम्बर २३ देखि २५ सम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेका थिए।

भारतीय सञ्चारमाध्यम आजतकले नोभेम्बर २३ देखि २५ सम्म शाहको भारत भ्रमण प्रस्ताव गरिएको उल्लेख गरेको थियो।

आजतकका अनुसार प्रस्तावित भ्रमणमा दुई देशबीच रेल तथा अन्य यातायात सम्पर्क विस्तार, ऊर्जा, व्यापार, पूर्वाधार विकास र बाढीपछिको पुनर्निर्माणका विषयले प्राथमिकता पाउने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!