Paywear Banner Desktop
Paywear Banner Desktop

क्राइम थ्रीलर ‘३६ को आँकडा’ को टिजरमा रेखा थापा : म कानून होइन, सिधै न्याय हुँ

काठमाडौं । रेखा थापा, निरुता सिंह स्टारर क्राइम-थ्रीलर फिल्म ‘३६ को आँकडा’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।

एक रहस्यपूर्ण अपराध घटनाको कथावस्तु वरपर फिल्मले फन्को मारेको संकेत टिजरले दिएको छ । उक्त घटनाको यथार्थ पत्ता लगाउन मुख्य पात्र रेखा थापाले गरेको संघर्षको वरपर फिल्म आधारित छ ।

रेखा यो फिल्ममा उक्त घटनाको छानविन गर्ने अख्तियारी पाएकी प्रहरी अधिकारीको भूमिकामा छिन् । ‘म कानून होइन, सिधै न्याय हुँ’ रेखा भन्छिन् । फिल्ममा निरुता सिंह आमाको भूमिकामा देखिएकी छन् ।

पूजा शर्मा पनि महत्वपूर्ण रोलमा देखिएकी छन् । टिजर हेर्दा, समग्रमा यो फिल्म रेखा भर्सेस पूजाजस्तो देखिन्छ । टिजरमा समावेश रहस्य र कौतुहलताले फिल्मलाई प्रतीक्षित बनाइदिएको छ ।

रेखा स्वयमले सामाजिक सञ्जालमा लेखेकी छन्- ३६ को आंकडासंग जोडिएको हरेको प्रश्नको जवाफ मङ्सिर १७ मा दिने छु ।’ टिजरमा महेश त्रिपाठी, पुष्प खड्का, सुवर्ण थापा लगायतलाई पनि चित्रण गरिएको छ ।

यो फिल्मको पटकथा शिवम अधिकारी लेखेका हुन् । सविर श्रेष्ठ यसका निर्माता हुन् । सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!