काठमाडौं । हालै मात्र दक्षिण छिमेकी भारतको भ्रमण पूरा गरेर फर्किएका प्रधानमन्त्री बालेन शाह अब चीन भ्रमणमा जाने भएका छन् । उनको भ्रमणको तयारीबारे काठमाडौं र बेइजिङमा छलफल सुरु भएको छ ।
उनको भ्रमण फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै हुने सम्भावना रहेको जनाइएको छ । परराष्ट्र मन्त्रालयका अधिकारी र मन्त्रीले बेइजिङले प्रस्ताव गर्ने मितिअनुसार भ्रमण जनवरीमै हुन सक्ने संकेत गरेका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणअघि लामो समय चीन बसेर फर्किएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
ती भेटमा उनले प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडै स्वागत गर्न चीन तयार रहेको सन्देश दिएका थिए।
