Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको उत्कृष्ट जित, पोखरा पराजित

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो ।

जितका लागि पाएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जोडे।यी दुबै ब्याटरले ७४ रनको साझेदारी गरे।

पोखराका धनन्जय लक्षन,सकिब अल हसन र मेहदि हसनले १र१ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायो।

जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनको योगदान गरे। सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए।  नेपाल क्रिकेट सङ्घ ९क्यान०को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी १
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!