Paywear Banner Desktop
Paywear Banner Desktop

घरायसी तथा व्यक्तिगत काममा लगाइएका सुरक्षाकर्मीलाई ७ दिनभित्र फर्किन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कानुनले तोकेको सुरक्षाको कामबाहेक घरायसी वा व्यक्तिगत कार्यमा प्रयोग गरिएका सुरक्षाकर्मीलाई ७ दिनभित्र दरबन्दी रहेका कार्यालयमा फर्किन निर्देशन दिएको छ ।

अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षाकर्मी खटाउने व्यवस्था रहेको तर पछिल्लो समय उक्त कार्यविधिमा उल्लिखित प्रावधान विपरीत सुरक्षाको कामबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यमा सुरक्षाकर्मी प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

यसै परिप्रेक्ष्यमा असोज २२ गते सम्बन्धित सुरक्षा निकायलाई कार्यविधि विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा आ–आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइसकिएको सूचनामा जनाइएको छ।

सूचनामा उक्त निर्देशन र कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने स्पष्ट गरिएको छ। साथै कानुन विपरीत सुरक्षाको कामबाहेक घरायसी वा व्यक्तिगत कार्यमा सुरक्षाकर्मी प्रयोग भएको पाइएमा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टर (मोबाइल नम्बर ९८५११३६०४३) मा जानकारी तथा उजुरी दिन सक्ने बताइएको छ। सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने पनि उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!