काठमाडौँ । स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले हिंसाविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउन आग्रह गरेको छ।
‘सम्मानले निको पार्छ, हिंसाले चोट पुर्याउँछ’ भन्ने सन्देश दिँदै स्वास्थ्य क्षेत्रलाई भयरहित र सुरक्षित बनाउनका लागि दबाब दिन यो विरोध कार्यक्रम आह्वान गरिएको संघका केन्द्रीय सदस्य डा. राकेश शाहले जानकारी दिए ।
