Paywear Banner Desktop
Paywear Banner Desktop

फूलपातीदेखि टीकाको दिनसम्म कस्तो छ वर्षा-हिमपातको सम्भावना ?

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ।

शुक्रबार जारी विशेष बुलेटिनमा फूलापाती (असोज ३१) देखि टीका (दशमी) को दिन कात्तिक ४ गतेसम्म देशभर मौसम कस्तो होला भन्ने जानकारी दिइएको छ।

हालको मौसम विश्लेषणअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने देखिन्छ।

फूलपातीदेखि टीकाको दिनसम्मका लागि यस्तो छ मौसम प्रक्षेपण

असोज ३१ गते (शनिबार) फूलपाती

दिउँसो : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभाग तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा रहिमपातको सम्भावना छ।

राति : देशको हिमाली भेगमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

कात्तिक १ गते (आइतबार) अष्टमी

दिउँसो : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराईको आकाशमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभाग तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ।

राति : कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा रहनेछ। तराईमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

कात्तिक २, ३ र ४ गते अष्टमी, नवमी र दशमी

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!