Paywear Banner Desktop
Paywear Banner Desktop

आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

काठमाडौँ । गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान ) लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताए ।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१० को खण्ड (ख) बमोजिम उनलाई उक्त पदमा मनोनीत गरिएको हो । ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।

कोषको उपाध्यक्ष पद लामो समयदेखि रिक्त थियो । सन् १९७० मा काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध धर्मका गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र र धार्मिक संगीतको अध्ययन गरेकी उनी पछि गायनमार्फत अन्तर्राष्ट्रिय रूपमा परिचित भइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!