रास्वपा सहमहामन्त्री तथा सांसद निशा डाँगी र रास्वपा पूर्वमहामन्त्री मुकुल ढकाल १० मंसिरमा विवाह बन्धनमा बाँधिने भएका छन् ।
उनीहरूको विवाह आगामी मंसिर १० मा हुन लागेको जनाइएको छ । विवाह तयारीका लागि काठमाडौंबाट झापा जान लागेका मुकुलले मिडियासँग विवाहबारे पुष्टि गरेका छन् ।
उनीहरूको प्रेम सम्बन्धबारे निकटस्थलाई पहिल्यैदेखि जानकारी थियो । यी दुईजनाबीच टीकाटालो समेत भैसकेको जनाइएको छ ।
मुकुलले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित निशाको घर जाने तयारी छ ।
