Paywear Banner Desktop
Paywear Banner Desktop

मलेसिया र साउदीका प्रस्तावित राजदूतको नाम अस्वीकृत, जापानका थापाको नाम ‘होल्ड’मा

काठमाडौं । संसदीय सुनुवाइ समितिले मलेसियाका लागि मन्त्रीपरिषबाट राजदूतमा प्रस्ताव गरेका चुडामणी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ ।

समितिको बुधबारको बैठकमा खरेलको नाम निर्णयार्थ प्रस्तुत गर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपालगायत दलका सबै सांसदले सर्वसम्मत अस्वीकृत गरेका हुन् ।

उच्च नैतिक चरित्र नदेखिएकाले खरेललाई राजदूत पदमा नियुक्तिका लागि अनुमोदन गर्न नहुने निर्णय सर्वसम्मत भएको समिति सभापति बोधनारायण श्रेष्ठले घोषणा गरेका थिए । उनीमाथि आर्थिक अनियमितता लगायतको आरोप थियो ।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारविरुद्ध ‘महिला हिंसादेखि आर्थिक अपचलनसम्म’ को आरोप लागेका छन् । उनीबाट पीडित भनिएकी महिलाले सांसदहरू समक्ष आफूलाई दिएको हिंसाको वृत्तान्त सुनाएकी छन् । गिरीबहादुरले सांसद खगेन्द्र सुनुवारसँग मिलेर एक डीआईजीको बढुवा गर्न ३३ लाख रुपैयाँ घूस लिएको आरोपसमेत छ ।

समितिले सुनारको नाम पनि अस्वीकृत गरेको छ ।

साथै, जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाविरुद्ध ‘जापानको पीआर लिएको’ आरोपसहितको उजुरी पनि समितिमा परेको छ । संसदीय सुनुवाइ समितिमा परेका दुवै जनाविरुद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको छ ।

समितिले जापानका लागि प्रस्तावित राजदुत जिग्यानकुमार थापाको नाम निर्णयार्थ प्रस्तुत गरेपछि बैठक नै स्थगित गरेको छ । सभापति श्रेष्ठले अब दशैंmछि बैठक बसेर यसबारे निर्णय लिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!