Paywear Banner Desktop
Paywear Banner Mobile

एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतको अनुमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईविरुद्द पक्राउ पुर्जी जारी गर्न आदेश दिएको ललितपुर अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।

सोही इजलासले पक्राउ परेका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न पनि भनेको छ । कोषाध्यक्ष रविन्द्रलाई १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख धरौटीमा छाड्न दियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केही दिनअघि रविन्द्र र पाण्डेलाई पक्राउ गरेको थियो। सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अध्यक्ष नेम्वाङ र महासचिव राईसहित ४ जनालाई प्रतिवादी बनाउदै बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!