Paywear Banner Desktop
Paywear Banner Desktop

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीविरुद्ध पक्राउ पुर्जी लिएको स्रोतले जनाएको छ ।

मलेसियामा रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा उनको पनि संलग्नताको दाबी गर्दै प्रहरीले पक्राउ पुर्जी लिएको हो । प्रहरी स्रोतले दिएको जानकारीअनुसार अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसीलगायतका व्यक्ति बुधबार बेलुका पक्राउ परेका थिए ।

त्यसबाहेक श्रम मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!