कीर्तिपुर । चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजनमा पनि नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ।
एनपीएलमा लगातार तीन वटा फाइनल खेल्ने सुदूरपश्चिम एक्लो टोली हो। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवनलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले फेरि लुम्बिनीसँगको भेट पक्का गरेको छ।
सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी र सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल खेल्नेछन्।



