काठमाडौं । प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले आफ्नो नेतृत्वदायी जिम्मेवारीबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यसको घोषणा गरेको हो।
सञ्चालक समितिका अनुसार कोलेट क्रेस अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न सहमत भएकी छन्। उनी यसअघि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) थिइन्।
कम्पनीको सञ्चालक समितिका सदस्य हार्भी जोन्सले जारी गरेको विज्ञप्तिमा क्रेसले एनभिडियाको असाधारण व्यावसायिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
जोन्सले विज्ञप्तिमा भनेका छन्, ‘कोलेटले एनभिडियालाई असाधारण वृद्धिको अवधिमा नेतृत्व गर्न सहयोग गरेकी छन्। हाम्रो व्यवसाय, ग्राहक, सञ्चालन तथा वित्तीय अवस्थाबारे उनको गहिरो बुझाइ छ।’ कम्पनीका अनुसार जोन्स सञ्चालक समितिको पहिलो अध्यक्षका रूपमा पनि निर्वाचित भएका छन्।
