Paywear Banner Desktop
Paywear Banner Desktop

आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज मंगलबार गोवर्धन बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको सम्झनामा गोवर्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

बली, हलि र गोरु पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो ।

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ ।

यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!