Paywear Banner Desktop
Paywear Banner Mobile

हिरासत म्याद थप्न पूर्वमुख्यसचिव अर्याललाई आज अदालत लगिँदै

काठमाडौं । मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेको अभियोगमा बिहीबार पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालत लगिँदै छ।

बिहीबार भारतको नयाँ दिल्लीमा पक्राउ गरिएका अर्याललाई हवाईजहाजबाट भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल हुँदै नेपाल ल्याइएको हो। बागडोगराबाट पूर्वी नाका हुँदै विराटनगर विमानस्थलबाट जहाजमा अर्याललाई बिहीबार अपराह्न काठमाडौँ ल्याइएको हो।

यद्यपि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई मोरङको विराटनगरस्थित नेपाल-भारत सीमाक्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!