Paywear Banner Desktop
Paywear Banner Desktop

‘पाँच पाण्डव’ विवादलाई लिएर सञ्चार मन्त्रालयमा छलफल, दिउँसोसम्म टुंगो लाग्छ : प्रवक्ता

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले फिल्म ‘पाँच पाण्डव’को विवादमा छलफल थालेको छ । मन्त्रालयका प्रवक्ता विष्णु कोइरालाले यस छलफललाई लिएर आज बिहीबार दिउँसोसम्म टुंगो लाग्ने बताए । ‘अहिले छलफल भैरहेको छ, दिउँसोसम्म कुरा क्लियर हुन्छ’ उनले भने ।

केही संचारमाध्यमले निर्माण समूहका केही सदस्यलाई उध्दृत गर्दै गृह मन्त्रालयले फिल्मले रोक्न सञ्चार मन्त्रालयलाई ठाडो आदेश दिएको समाचार लेखेका थिए । ‘हामी गम्भीर छलफलमा छौं । धेरै कोणबाट छलफल भैरहेको छ’ प्रवक्ता कोइरालाले भने ।

नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले गृहमा फिल्म रोक्न आग्रह गरेपछि गृहले सञ्चारमा मौखिक निर्देशन दिएको विवरण बुधबार बेलुकादेखि आउन थालेका थिए । यो समाचार लेख्दासम्म फिल्म प्रदर्शन रोक्ने निर्णय सरकारले गरिसकेको छैन ।

हरिवंश आचार्यको शीर्ष भूमिका रहेको यो फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति पत्र पाइसकेको छ । हिन्दु धर्मग्रन्थ महाभारतसँग मिल्दोजुल्दो नामहरू भएपनि निर्माताले भने यो फिल्म त्यससँग सम्बन्धित नरहेको बताउँदै आएका छन् भने यो दाजुभाइको कथामा आधारित रहेको बताइएको छ ।

केही हिन्दु धार्मिक संस्थाले फिल्मको प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्ड, संचार मन्त्रालय लगायतका निकायमा यसअघि ध्यानाकर्षण पत्र बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी १
अचम्म १
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!