Paywear Banner Desktop
Paywear Banner Desktop

बेनिशा हमालले सञ्चालनमा ल्याइन् ओटीटी प्लाटफर्म ‘मेरोस्ट्रिम’

काठमाडौँ। अभिनेत्री बेनिशा हमालले ओटीटी प्लाटफर्म ‘मेरोस्ट्रिम’ सञ्चालनमा ल्याएकी छन् । नेपाली मनोरञ्जन सामग्रीलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले यो ओटीटी सुरू गरिएको बेनिशाले बताइन् ।

सदस्यता शुल्कमा आधारित यो प्लाटफर्मले दर्शकलाई एउटै सदस्यताबाट फिल्म, सर्ट फिल्म, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ ।

नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गए पनि नेपाली कन्टेन्टका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव छ । दर्शकले आफ्नै भाषा र संस्कृतिका सामग्री हेर्न चाहँदा कहिले युट्युबमा छरिएका भिडियो खोज्नुपर्छ त कहिले सिनेमा हलमा सीमित अवधिका लागि मात्र पर्खनुपर्छ ।

यही अभाव पूरा गर्ने उद्देश्यले ‘मेरोस्ट्रिम’ प्लाटफर्म सञ्चालनमा ल्याइएको बेनिशाले बताइन । यसले दर्शकको आवश्यकता र खर्च गर्न सक्ने क्षमताअनुसार बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन प्रकारको ‘मेम्बरसिप’ योजना ल्याएको छ ।

बेनिशाका अनुसार तीनवटै योजनामा विज्ञापनमुक्त हेर्न पाइन्छ, एउटै अकाउन्ट चारवटासम्म प्रोफाइल बनाउन सकिन्छ र क्रोमकास्ट वा एयरप्लेमार्फत टिभीमा हेर्न सकिन्छ । लामो अवधिको योजना रोज्दा मासिकभन्दा सस्तो पर्छ ।

६ महिनाको योजनामा १० प्रतिशत र वार्षिक योजनामा २० प्रतिशतसम्म बचत हुने जनाइएको छ । पे-पर भ्यु, रेन्ट वा क्रेडिट जस्ता थप खर्च तिर्नु नपर्ने बेनिशाले बताइन् ।

बेनिशाले यसअघिदेखि नै नेपाली फिल्मको डिजिटल अधिकार पनि लिन थालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!