ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यतिबेला दर्शन तथा पूजापाठ गर्न पुगेका भक्तजनको घुइँचो छ ।
मौसममा सुधार र पदयात्राको कारणले पनि पाथिभरामा यतिबेला पुग्ने धार्मिक पर्यटकको संख्या उच्च छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा सोमबार तीन हजार ५९५ जना भक्तजनले पूजापाठ गरेका छन्।
पाथीभरा देवीको दर्शनका लागि विभिन्न जिल्लासहित भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजन आउने गरेका छन्।
दिलकुमार लिम्बु, नेपाल न्यूज बैंक







