काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
बिहीबार दिउँसो बैंककबाट काठमाडौँ आइपुगेका देउवाको विमानस्थलमा स्वागत गरिएको हो। उनको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक विमानस्थल पुगेका थिए।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन्।
गत भदौमा जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरिएको थियो। उनको घरमा आगजनी गरिएको थियो। त्यसपछि उपचारका लागि उनी सिंगापुर गएका थिए। पछिल्लो पटक फागुनमा थप उपचारका लागि सिंगापुरहुँदै हङकङ पुगेका थिए।




