जनकपुर । राम जन्मभूमि अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू-कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ ।
जनकपुर रेल्वे स्टेसनमा उनीहरूको स्वागत गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन् ।
नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या-जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, श्रममन्त्री रामजी यादव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, स्थानीय बासीहरुले अयोध्याबाट आएको रेलका यात्रुहरूको स्वागत गरेका छन् ।









