Paywear Banner Desktop
Paywear Banner Desktop

नारायणहिटी अघि कलाकार रमेश दुलालले गरे काग सम्मेलन

काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलालले काठमाडौंमा २३औँ काग सम्मेलन आयोजना गरेका छन्।

शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा आयोजित सम्मेलनमा उनले मुखबाट कागको हुबहु आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए।

राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले आवाज निकाल्न थालेको केही समयमै टाढाटाढाबाट कागहरू उडेर कार्यक्रममा आएका थिए।

करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले विगत २३ वर्षदेखि प्रत्येक वर्ष काग तिहारका दिन यस्तो सम्मेलन गर्दै आएका छन्। राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका उनले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए।

उनका अनुसार आगामी संस्करणमा ठूलो स्टेज निर्माण गरी कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाउने तयारी छ।

सम्मेलनमार्फत दुलालले मनोरञ्जनसँगै समसामयिक राजनीतिक सन्देशसमेत दिएका थिए। उनले नयाँ पुस्ताका नेताहरूले देशलाई चाँडो विकासको गतिमा अघि बढाउनेमा आफू आशावादी रहेको बताए।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मी सहभागी थिए।

हरेक वर्ष काग तिहारलाई विशेष बनाउँदै आएका दुलालको कागको आवाज निकाल्ने कलाले सम्मेलनलाई फरक पहिचान दिँदै आएको छ। उनको यो प्रस्तुतिले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेत जोड्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!