काठमाडौं । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आइतबार राति काठमाडौं आइपुगेका छन् ।
उनले काठमाण्डू गोर्खाजबाट क्रिकेट खेल्नेछन् । काठमाण्डू गोर्खाजले आजै मध्याह्न साढे १२ बजे कर्णाली याक्ससँग खेल्दैछ । सो खेलमा वार्नर देखिन सक्ने जनाइएको छ ।
एनपीएलमा अनुबन्ध हुने ठूला विदेशी खेलाडी मध्ये वार्नर एक हुन् । ३९ वर्षीय वार्नरले आफू एनपीएल खेल्न उत्साहित भएको बताएका छन् ।
अस्ट्रेलियाका सबैभन्दा सफल ब्याटरमध्ये एक वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार ९९५ रन बनाएका छन् । वार्नरले टेस्टमा ८७८६, ओडीआईमा ६९३२ र टी(२०आईमा ३२७७ रन बनाएका छन् ।
उनी अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी हुन् । वार्नरले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।