Paywear Banner Desktop
Paywear Banner Desktop

क्रिकेट लिग-२ : नेपाल छैटौं स्थानमा सुरक्षित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ। ओमानमाथि १० रनको रोमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाको छैटौं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएको हो।

यो जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग-२ को शीर्ष-६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।

यसअघि शीर्ष-४ को होडबाट बाहिरिइसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सीधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

जितका लागि पाएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन मात्रै बनाउन सक्यो। उसका जतिन्दर सिंह र हम्माद मिर्जाले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्। सिंहले सर्वाधिक ८९ तथा मिर्जाले ८७ रन बनाए ।

नेपालका दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २र२ विकेट लिदा नन्दन यादब र कप्तान सन्दीप लामिछानेले ११ विकेट हात पारे।

यसअघि नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको थियो ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो । नेपालका ३ जना खेलाडीले अर्धशतक बनाए । रोहित पौडेल ८०, दीपेन्द्रसिंह ऐरी ६९ र देव खनाल ५७ रन बनाएको आउट भए ।

आजको खेलमा दीपेन्द्र र रोहितले चौथो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि भीम सार्की र गुल्सन झाले चौथो विकेटका लागि गरेको ९६ रनको साझेदारी आज तोडियो। ओमानका शाह फैसलले ५, जे ओदेद्राले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!