Paywear Banner Desktop
Paywear Banner Desktop

पीयूष मिश्राका दृश्य खिच्दै ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला छायांकन सिक्किममा सुरु

काठमाडौं । गत वर्ष रिलिज भएको व्यवसायिक हिट फिल्म ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखलाको छायांकन भारतको सिक्किमबाट सुरु भएको छ । ‘कलेजी : ऊनको स्वीटर’को छायांकन सिक्किमको युमथाङ उपत्यकाबाट सुरु भएको हो । निर्देशक नवीन चौहानले छायाङ्कन सुरु भएको जानकारी दिएका छन्।

उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त सम्पन्न गरी छायाङ्कन सुरु गरिएको हो। सोमबार छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको उनले बताएका छन्।

छायाङ्कनको शुभारम्भ अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो। निर्देशक चौहानले उक्त अवसरमा प्राप्त साथ र आशीर्वादप्रति आभार व्यक्त गरेका छन्।

‘ऊनको स्वीटरुले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा जोड्ने प्रयासका रूपमा ‘कलेजी : ऊनको स्वीटर’ निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन्।

उनका अनुसार काफ्ले फूल, डम्बर र इच्छाका कथासँगै नयाँ चलचित्रले प्रेम, जीवन र मानवीय संवेदनाका थप आयामलाई प्रस्तुत गर्नेछ। “केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्।

नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन गर्ने योजनासहित अघि बढेको फिल्मले ‘ऊनको स्वीटरुसँग जोडिएका कथा र पात्रलाई नयाँ परिवेशमा विस्तार गर्ने अपेक्षा गरिएको छ।

आर्टमाण्डुको निर्माणमा बन्ने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्। अभिषेक सुवेदी सह लेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने छायाङ्कनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन्। चलचित्रमा कोविद बज्रको सङ्गीत रहनेछ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ। दोस्रो श्रृंखलाको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!