Paywear Banner Desktop
Paywear Banner Desktop

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान रिहा भएका छन् ।

उनी आज बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो ।

तिहारअघि नै संशोधित कैदीपुर्जी प्राप्त भएपछि रायमाझीलाई थुनामुक्त गरिएको कारागार कार्यालय डिल्लीबजारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!