काठमाडौं । नेपाली चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका देशब्यापी प्रदर्शनमा आउनेछ ।
पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै यसको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ।
फिल्ममार्फत ‘सारथी’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नयाँ कलाकारको रुपमा डेब्यू गर्दैछन् । पाका कलाकार निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय छ । दुई दशकपछि निरुता र उत्तमलाई एउटै फिल्ममा देख्न पाउनु ‘सारथी’को अर्को विशेष आकर्षण हो ।
फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय छ ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्म किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा छन् । लाइन प्रोड्युसर अमिर केसी हुन् ।
छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को छ । मुख्य सहायक निर्देशक राजु खतिवडा तथा सहायक निर्देशक यमुना आचार्य र आशिष श्रेष्ठ रहेका छन्।
फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर छ। गीतकार प्रशान्त शिवाकोटी हुन्। नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने कला निर्देशन श्याम कार्कीको छ ।
म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई समेटेको छ।